तीन जना सम्मानित हुने
मंगलसेन । संविधान दिवसको अवसरमा अछामका दुई जनालाई राष्टपतिबाट सम्मान गरिने भएको छ । साँफेबगर नगरपालिका २ गोयलापानी घर भएर काठमाडौं बस्ने साहित्यकार यज्ञराज उपाध्यायलाई प्रबल जनसेवाश्रीबाट विभुषित हुने भएका हुन् ।
यस्तै सोही नगरपालिका ३ घर भइ पूर्वाधार कार्यालय, अछाममा नायब सुब्बामा कार्यरत गोविन्द गिरी जनसेवाश्रीबाट विभुषित गरिने भएको हो । लाई र वडा नं। ३ घर भएका नायव सुब्बा गोविन्द गिरी बिभुषित हुने भएका हुन् ।
सोमबार प्रकाशित विवरण अनुसार अछामका पूर्वप्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलपनि सुप्रबल जनसेवाश्रीबाट सम्मानित हुनुहुने भएका छन् ।