१२ कक्षाको लागि अछाममा परीक्षा केन्द्र कायम (विद्यालयको विवरणसहित)

अछाम । राष्ट्रिय परीक्षा बोर्डले अछामका १६ स्थानमा कक्षा १२ को परीक्षाका लागि परीक्षा केन्द्र तोकेको छ । बोर्डले देशभरका परीक्षा केन्द्रसँगै अछामका विभिन्न विद्यालयमा रहेका परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

मंगलसेन नगरपालिकाका तीन स्थानमा र साँफेबगर नगरपालिकामा चार परीक्षा केन्द्र तोकिएका छन् । जिल्लामा रहेका १२ कक्षा सञ्चालन गरिरहेका ५० विद्यालयका विद्यार्थीका लागि १६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

कमलबजार, विनायक नगरपालिका, तुर्माखाँद, ढकारी, रामारोशन, बान्नीगढी जयगढ र मेल्लेख गाउँपालिकामा एक/एक परीक्षा केन्द्र रहेका छन् । चौरपाटी गाउँपालिकामा भने दुई परीक्षा केन्द्र रहेका छन् ।

परीक्षा केन्द्र तोकिएकोमा सबैभन्दा बढी अन्नपूर्ण मावि कालागाउँ, विद्यामन्दिर मावि विनायक र जाल्पादेवी मावि ढाँकु केन्द्रमा ५/५ विद्यालयको परीक्षा केन्द्र रहेको छ ।

बोर्डले मंगलसेन नगरपालिकाको षोडशा मावि मंगलसेनमा २ विद्यालय, राधा मावि बोगटीगाउँमा १, अन्नपूर्ण मावि कालागाउँमा ५ विद्यालयको परीक्षा केन्द्र तोकिएको छ ।

उता साँफेबगर नगरपालिकाको महेन्द्र मावि वयालपाटामा २ विद्यालय, त्रिपुरासुन्दरी मावि श्रीकोटमा ४, सुर्यचन्द्र मावि कालिमाटीमा ३ र बेतालमाण्डौं मावि घुघुरकोट ३ विद्यालयका परीक्षार्थीले परीक्षा दिने छन् ।

कमलबजार नगरपालिकाको जाल्पादेवी मावि ढाँकुमा ५ विद्यालय, पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर मावि विनायकमा ५ विद्यालयका परीक्षा केन्द्र कायम गरिएको छ ।

यस्तै तुर्माखाँद गाउँपालिकाको कालिकेश्वरी मावि तुर्माखाँद ४ विद्यालय, ढकारी गाउँपालिकाको अष्टसिद्दि मावि ढुंगाचाल्नामा ३ विद्यालय र रामारोशन गाउँपालिकाको यशोदा मावि नेटाकोटमा ३ विद्यालयको परीक्षा केन्द्र रहेको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाको सरस्वती मावि जयगढमा २ विद्यालय, मेल्लेखमा जनता मावि विन्देवाशिनीमा ४ विद्यालयको परीक्षा केन्द्र रहेको छ । यता चौरपाटी गाउँपालिकाको सिउडी मावि सिउडीमा २ र पिपलचौर मावि बगुडामा २ विद्यालयको परीक्षा केन्द्र तोकिएको छ ।

यही वैशाख १४ गतेबाट कक्षा १२ को नियमित र ग्रेटवृद्दि परीक्षा हुने तालिका रहेको छ । परीक्षाको अन्तिम तयारी भइरहेको बताइएको छ ।

कुन परीक्षा केन्द्रमा को विद्यालय ? हेर्नुस् । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page