नायिका गरिमा शर्मा अछाम आउँदै, दुई दिन रामाराेशनमा बस्ने

मंगलसेन । नेपाली चलचित्र र म्युजिक भिडियोकी नायिका गरिमा शर्मा अछाम आउने भएकी छन् । पर्यटकीय स्थान रामाराेशनमा एक आधुनिक गीतको म्युजिक भिडियोको छायांकनका लागि शर्मा सहितको टोली अछाम पुग्न थालेको हो ।

”सी यु अछाम रामारोशन” भनेर लेख्दै नायिका शर्माले आफ्नो एयरपोर्टमा सेल्फी फोटो फेसबुकमा हालेकी छन् । चितवनको भरतपुरकी बासिन्दा शर्माले हाल काठमाण्डौंमा रंगकर्ममा रहेकी छन् । टिकटकबाट उदाएर शर्मा हाल म्युजिक भिडियो र चलचित्रमा व्यस्त रहेकी छन् । आज बेलुकी नै शर्मा सहितको टोली मुजाबगरमा पुग्ने कार्यतालिका रहेको छ । 

म्युजिक भिडियो रेकर्डका लागि शर्मा सहितहको टोली दुई दिन रामारोशनमा बस्ने स्थानीय व्यवस्थापक तथा कलाकार जनक साउँदले जानकारी दिनुभयो । खप्तडमा छायांकन गर्ने भनिएको उक्त म्युजिक भिडियो रामारोशनमा छायांकन गरिने भएको हो ।

यसभन्दा अघि रामारोशनमा रवि ओडको एक मात्र म्युजिक भिडियो छायांकन भएको बताइएको छ । रामारोशन गाउँपालिका, रामारोशन पर्यटन समितिले प्रर्यटन प्रवद्र्धन हुने यस्ता कार्यमा आवश्यक योजना बनाएर काम गर्नुपर्ने भनाइ आइरहेका छन् ।

गरिमा शर्माले अाफ्नो फेसबुकमा लेखेको फोटो सहितको स्टाटस

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page