अछाम आउँदै गरेको मोटरसाइकल ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
अछाम । कैलालीबाट मोटरसाइकलमा अछाम आउने क्रममा डोटीको बुडरमा गम्भीर घाइते भएका मध्ये श्रीमानको उपचारका क्रममा मृत्यु भएको छ । गम्भीर घाइते भएका मंगलसेन नगरपालिका ३ बिसाकोटका ३६ वर्षीय रमेश विकको धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।
आज बिहान करिब १० बजेतिर जोरायल गाउँपालिका–२ बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा रमेशका दम्पती गम्भीर घाइते भएका थिए । मृतकी श्रीमती लक्ष्मीको उपचार भइरहेको छ । हाल उनीहरु कैलालीको जानकी गाउँपालिका कटासेमा बस्दै आएका थिए ।
सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने खाली ट्याङ्करले ठक्कर दिएको थियो । घटना लगत्तै स्थानीयको सहयोगमा एम्बुलेन्स मार्फत घाइतेलाई धनगढीको मायामेट्रो अस्पतालमा लिइएको थियो ।