अछाम काँग्रेसको क्षेत्रीय समितिले भेला तथा प्रशिक्षण गर्दै
अछाम । नेपाली कांग्रेस अछाम–२ को क्षेत्रीय समितिले भेला र प्रशिक्षण गर्ने भएको भएको छ । कमलबजारमा भोलि १४ गते एक दिन भेला र प्रशिक्षण कार्यक्रम गर्ने क्षेत्रीय सभापति पुष्पराज शर्माले जानकारी दिनुभयो ।
भेला तथा प्रशिक्षणमा काँग्रेस केन्द्रिय सह–महामन्त्री एवम सांसद बद्रीप्रसाद पाण्डे प्रमुख अथिति रहनुहुनेछ । भेला तथा प्रशिक्षणमा क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्नु हुने सुदूरपश्चिम प्रदेश कार्यसमिति पदाधिकारी र सदस्यहरु, जिल्ला कार्यसमिति पदाधिकारी र सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु सहभागिता हुनेछ ।
यस्तै काँग्रेसबाट विभिन्न् स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु, क्षेत्रीय कार्यसमिति पदाधिकारी र सदस्यहरु, प्रदेश सभा पदाधिकारी सदस्यहरु, नगर÷गाउँ पालिका पदाधिकारी सदस्यहरु, क्षेत्रीय प्रतिनिधिहरु, भातृ एवम् शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यहरुको सहभागिता हुनेछ ।
भेला तथा प्रशिक्षणको अन्तिम तयारी भइरहेको आयोजक पक्षले जानकारी दिएको छ । भेला तथा प्रशिक्षणमा सहभागिताका लागि केही प्रतिनिधिहरु कमलजारमा पुग्ने क्रम चलिरहेको बताइएको छ ।