कर्णाली नदीमा १२ वर्षीया बालिका बेपत्ता, दुईको उद्धार

अछाम । कर्णाली नदीमा नुहाउने क्रममा नदीले बगाउँदा १२ वर्षीया एक बालिका बेपत्ता भएकी छन् । भने अन्य दुई बालिकाको भने सकुसल उद्दार गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बम्मले जानकारी दिनुभयो । 

आज (बुधबार) बिहान करिब १० बजेर २० मिनेटको समयमा अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालस्थित बेल्खेत र दैलेख जोड्ने कर्णाली नदीको पक्की पुल नजिक घटना भएको बताइएको छ । मंगलसेन नगरपालिका–७ जनाली निवासी वीरबहादुर शाहीकी करिब १२ वर्षीया छोरी ममता शाही हालसम्म वेपत्ता रहेकी छन् । सोही ठाउँका १६ वर्षीया भावना शाही र १७ वर्षीया निर्मला शाही भने सकुसल रहेको अछाम प्रहरीले जानकारी दिएको छ ।  

काठमाडौंँबाट अछामको मंगलसेनतर्फ आउने क्रममा बसबाट झरेर कर्णाली नदीमा नुहाउने क्रममा तीनै जनालाइ बगाएको थियो । भावना र निर्मलाको स्थानीय कुमार विष्टले नदीबाट उद्दार गरेर बचाएको अछाम प्रहरीले जानकारी दिएको छ । अस्थायी प्रहरी पोस्ट बेल्खेतबाट प्रहरी सहायक निरीक्षक वीरेन्द्र विष्टको कमाण्डमा प्रहरी टोलीले बेपत्ता बालिकाको खोजी कार्य अगाडि बढाएको छ प्रहरी प्रमुख बम्मको भनाइ छ ।  

कर्णाली नदीको बहाव तीव्र हुने भएकाले नदीमा नुहाउँदा, पौडी खेल्दा वा नदी किनारमा जाँदा विशेष सावधानी अपनाउन आवश्यक देखिन्छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!