मेल्लेखका आठै वडामा कांग्रेसका वडा सभापति चयन (नामावली सहित)

अछाम । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत अछामको मेल्लेख गाउँपालिकाका आठवटै वडामा वडा सभापति चयन भएका छन् । वडा अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै डाँडासिरी–ऋषिदहदेखि हात्तीकोटसम्मका आठवटै वडामा सभापति चयन भएका युवा नेता नृप साउँदले जानकारी दिनुभएको छ ।

निर्वाचित वडा सभापतिहरूमा वडा नं. १ डाँडासिरी–ऋषिदहमा सीता धामी, वडा नं. २ ऋषिदहमा तपेन्द्र धामी, वडा नं. ३ ठाँटीमा डिल्ली कामी र वडा नं. ४ कुस्कोटमा गगन साउद रहेका छन् । त्यस्तै वडा नं. ५ विन्धेवासिनीमा मोती साउद, वडा नं. ६ षोडशामा चेतु खड्का, वडा नं. ७ नन्देगडामा गंगबहादुर बुढा र वडा नं. ८ हात्तीकोटमा शालिभान साउद वडा सभापतिमा निर्वाचित भएका छन् । अधिवेशन सम्पन्न भएका सबै वडाहरूमा सभापतिसँगै अन्य पदाधिकारी, सदस्य र क्षेत्रीय प्रतिनिधि पनि चयन भएका बताइएको छ ।

वडा अधिवेशनबाट नेतृत्व चयन भएसँगै नेपाली कांग्रेस मेल्लेखको संगठनात्मक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ । वडा तहमा निर्वाचित सभापति तथा कार्यसमितिले पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा आगामी अधिवेशनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।

मेल्लेखका आठवटै वडाका सभापति

वडा नं. वडा सभापति
डाँडासिरी–ऋषिदह सीता धामी
ऋषिदह तपेन्द्र धामी
ठाँटी डिल्ली कामी
कुस्कोट गगन साउद
विन्धेवासिनी मोती साउद
षोडशा चेतु खड्का
नन्देगडा गंगबहादुर बुढा
हात्तीकोट शालिभान साउद

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!