मेल्लेखका आठै वडामा कांग्रेसका वडा सभापति चयन (नामावली सहित)

अछाम । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत अछामको मेल्लेख गाउँपालिकाका आठवटै वडामा वडा सभापति चयन भएका छन् । वडा अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै डाँडासिरी–ऋषिदहदेखि हात्तीकोटसम्मका आठवटै वडामा सभापति चयन भएका युवा नेता नृप साउँदले जानकारी दिनुभएको छ ।

निर्वाचित वडा सभापतिहरूमा वडा नं. १ डाँडासिरी–ऋषिदहमा सीता धामी, वडा नं. २ ऋषिदहमा तपेन्द्र धामी, वडा नं. ३ ठाँटीमा डिल्ली कामी र वडा नं. ४ कुस्कोटमा गगन साउद रहेका छन् । त्यस्तै वडा नं. ५ विन्धेवासिनीमा मोती साउद, वडा नं. ६ षोडशामा चेतु खड्का, वडा नं. ७ नन्देगडामा गंगबहादुर बुढा र वडा नं. ८ हात्तीकोटमा शालिभान साउद वडा सभापतिमा निर्वाचित भएका छन् । अधिवेशन सम्पन्न भएका सबै वडाहरूमा सभापतिसँगै अन्य पदाधिकारी, सदस्य र क्षेत्रीय प्रतिनिधि पनि चयन भएका बताइएको छ ।

वडा अधिवेशनबाट नेतृत्व चयन भएसँगै नेपाली कांग्रेस मेल्लेखको संगठनात्मक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ । वडा तहमा निर्वाचित सभापति तथा कार्यसमितिले पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा आगामी अधिवेशनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।

मेल्लेखका आठवटै वडाका सभापति

वडा नं. वडा सभापति
१ डाँडासिरी–ऋषिदह सीता धामी
२ ऋषिदह तपेन्द्र धामी
३ ठाँटी डिल्ली कामी
४ कुस्कोट गगन साउद
५ विन्धेवासिनी मोती साउद
६ षोडशा चेतु खड्का
७ नन्देगडा गंगबहादुर बुढा
८ हात्तीकोट शालिभान साउद

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!