आज चैते दशैंः धुमधामसँग मनाइँदै

अछाम । घरघरमा पुजाआजा र मन्दिरमा बली दिएर आज चैते दशैं मनाइँदै छ । घर बाहिर रहेका आफन्तहरु समेत आएर संयुक्त रुपमा चैते दशैंक मनाउने गरिन्छ ।

जिल्लाका विभिन्न शक्ति पीठहरुमा पुजाआजासँगै राँगा, बोकाको बली दिने प्रचलन रहेको छ । भने बेलुकीबाट रातभर डेउडा खेलेर पनि मेला लाग्ने गरिन्छ । चैते दशैंको अवसरमा सदरमुकाम मंगलसेनको सान्नीकोट र षोडशा मन्दिर, जुपूको जुपूखौला लगायत जिल्लामा विभिन्न स्थानमा बली दिने र जात्रा लाग्ने गर्दछन् ।

चैते दशैंको अवसरमा अछामका मंगलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका र ढकारी गाउँपालिकाले मंगलबार आज एक दिन चैते दशैंको सार्वजनिक बिदा समेत दिएका छन् । चैते दशैंलाई यस क्षेत्रमा वडादशैं सरह मानेर मनाउने गरिन्छ । यस दिनमा मिठाे मसिनो खाने र राम्रा लुगा लगाउने प्रचलन छ ।

काम, अध्ययन र अन्य कारणले घर भन्दा टाढा देश र विदेशमा रहेका व्यक्तिहरु फर्केर चैते दशैं मनाउने प्रचलन रहेको छ । दशैं मनाएर आआफ्नो कार्यक्षेत्रमा फर्किने गर्दछन् ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page