कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द

अछाम । भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका आजबाट बन्द हुने भएको छ । भारतको चम्पावत जिल्लमा निर्वाचन हुने भएपछि नेपालको कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गरेर आजबाट तीन दिन दुई नाका बन्द भएको जनाएको छ । गड्डाचौकी र ब्रह्मदेव नाकामा स्वास्थ्य सेवा बाहेक सबै आज मंगलबार बेलुकी सवा पाँच बजेबाट बन्द हुने बताइएको छ ।

भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका बन्द गरिएको हो । ती नाकाहरूबाट अछाम लगायत सुदूरपश्चिमका मानिसहरू भारत जाने अाउने गर्दछन् । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page