मंगलसेन नगरपालिकाद्वारा चैते दशैंमा बिदा

अछाम । मंगलसेन नगरपालिकाले चैत दशैंको दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आफ्नो राजपत्रमा सोमबार सूचना प्रकाशित गरेर वैशाख ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिएको हो ।
वैरशाख २ गते राजपत्रमा सूचना प्रकाशन गरी नगर क्षेत्रभित्र चैते दशैं मनाउने र जुपू खौलामा दशैं मेला लाग्ने भएकोले बिदा दिइएको बताइएको छ । अघिल्लो महिनाको चैत ३० गते बसेको नगरकार्यपालिकाको १० औं बैठकले नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
यस्तै ढकारी गाउँपालिकाले पनि चैते दशैंकाे अवसरमा एक दिन बिदा दिएको छ । साेमबार एक सूचना जारी गरेर गाउँपालिकाले गाउँ क्षेत्रिभत्र बिदा दिएको हाे ।
अछाममा हरेक वर्ष रामनवमीको अघिल्लो दिन (चैत शुक्ल अष्ठमी) चैते दशै धुमधामका साथ मनाउने परम्परा रहेको छ । चैते दशैंको लागि घर बाहिर रहेका व्यक्तिहरु समेत गाउँघरमा फर्केर चैते दशै मनाउने गरिन्छ ।