Palika dasin suvakamana

विद्यार्थी भर्ना अभियानमा मंगलसेन नगरपालिकाद्वारा सात बुँदे परिपत्र

Palika dasin suvakamana

अछाम । मंगलसेन नगरपालिकाले बालबालिकाको विद्यालयमा भर्ना गर्न नगर क्षेत्रका विद्यालयहरुमा परिपत्र गरेको छ । नगरपालिकाले विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षा सम्बन्धी मौलिक अधिकार सारभूत रुपमा कार्यान्वयन गर्न परिपत्रमा भनिएको छ ।

विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्नका लागि नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयलाई ७ बुँदे परिपत्र गरेको छ । परिपत्रमा नेपाल सरकारले तोकेअनुसार बैशाख २ गतेदेखि विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । नगर प्रमुख पदमबहादुर बोहरा र निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीद्वारा संयुक्त रुपमा जारी गरिएको परिपत्रमा उल्लेख छ ।

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले भर्ना भएका विद्यार्थीलाई स्वागत गरेर पाठ्यपुस्तक वितरण गर्ने उल्लेख छ । विद्यार्थी भर्नाका लागि विद्यालय क्षेत्रभित्र क्षेत्रभित्र व्यापक रूपमा प्रचारप्रसार र सूचना गर्ने यसका लागि नजिकको एफएम रेडियो, सामाजिक सञ्जाल, स्थानीय मेला, पर्व आदिलाई माध्यमको रुपमा प्रयोग गर्ने भनिएको छ ।

विद्यालय भर्नाका लागि घरदैलो, सडक नाटक प्रदर्शन जस्ता क्रियाकलापमा परिचालन, विद्यार्थी भर्ना र अभिभावकत्व ग्रहणकर्ताको अभिलेख गरेर स्थानीय तहलाई उपलब्ध गराउन भनिएको छ । समुदायमा रहेका सिकाइ केन्द्रले विद्यार्थी भर्ना अभियानमा सहजिकरणका लागि विद्यालयसँग समन्वय गर्ने उल्लेख छ । साथै विद्यालयले बैशाख २० गतेसम्म भर्ना भएका विद्यार्थीको विवरण नगरपालिकामा पठाउने उल्लेख छ ।

यस वर्षको “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने आदर्श वाक्यका साथ यस शैक्षिक सत्रमा विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने नगरपालिकामा निर्णय भएको बताइएको छ । 

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page