बान्नीगढी जयगढ जीप दुर्घटना प्रकरणः नभएकै दुर्घटनाको तस्बिर र विवरण राख्नेलाइ कार्वाहीकाे तयारी

मंगलसेन । आइतबार करिब साँढे आठ बजेतिर बान्नीगढी जयगढमा जीप दुर्घटना  भएर एक जनाको मृत्यु र सात जना घाइते भएकाे फोटोसिहतकाे विवरण फेसबुकमा आयाे ।  त्यस बारेमा बुझ्दै जाँदा राती अबेर भयाे दुर्घटना कहाँ नजिक ? कति बजे ? कति नम्बर जीप ? मृतक र घाइते काे काे हुन् भन्ने बारेमा कुनै जानकारी पाइएन ।

साेही घटनाका बारेमा मिराकलपाटीले यस बारेमा जिल्ला प्रहरी कार्यालमा सम्पर्क गर्दा कुनै सूचना नअाएकाे पाइएकाे छ । ‘हामीले पनि त्यस बारेमा धेरै खाेज्याै कुनै दुर्घटना भएकाे पाइएन, कसले फेक हालेकाे हाे ।’ जिल्ला प्रहरी कार्यालय अछामका इनिष्पेक्टर भाष्कर चन्दले भन्नुभयाे ।

अन्य कुनै ठाउँकाे तस्बिर राखेर अपवाह फैलाएकाे अछाम प्रहरीकाे निष्कर्ष छ । नभएकै घटना भयाे भनेर गलत तस्बिर राखेकाे व्यक्तिलाइ कार्वाहीकाे तयारी भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ । त्यसरी गलत तस्बिर राख्ने व्यक्तिकाे खाेजी भइरहेकाे र कानुनी कार्वाही गरिने चन्दकाे भनाइ छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page