अछाममा संविधान दिवस लक्षित औपचारिक कार्यक्रम नगरिने

मंगलसेन । अछाममा औपचारिक रुपमा संविधान दिवस नमाइने भएको छ । जिल्लाका विभिन्न्न स्थानमा पहिरोमा परेर २२ जना र एक जना बाढीले बगाएर मृत्युको शोकमा रहेकोले संविधान दिवसको औपचारिक कार्यक्रम रद्ध गरिएको हो । तीन दिनसम्म संविधान मनाउने निर्णयलाई रद्ध गरिएको जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिनुभयो ।
संविधान जारी भएको असोज ३ गते मंगलसेनमा र्यालीसहितको मन्तव्य राखेर संविधान मनाउने मुख्य कार्यक्रम राखिएको थियो । यस्तै कार्यालय, घरमा दीपावली गर्ने, कार्यालय र सार्वजनिक स्थान सरसफाई गर्ने लगायतका कार्यक्रम तय गरिएका थिए ।