मंगलसेनमा एकै दिन १८ जनाको आँखाकाे शल्यक्रिया
मंगलसेन । आँखाकाे सशुल्क सल्यक्रिया शिविरमा एकै दिन १८ जनाको आँखाको शल्यक्रिया गरिएको छ । गेटा आँखा अस्पतालकाे आयाेजना र आँखा उपचार केन्द्र मंगलसेनकाे समन्वयमा एक दिने शिविरको आयाेजना गरिएको थियाे ।
जसमा १० जनाकाे मेसिनद्वारा माेति बिन्दुकाे सल्यक्रिया, दुइ जनाकाे हातले निशुल्क सल्यक्रिया, पाँच जनाकाे मासुकाे सल्यक्रिया र एक जना बच्चाको आँखाकाे नानीकाे सल्यक्रिया गरिएको गेटा आँखा अस्पतालबाट शिविरमा खटिनुभएका नेत्र राेग विशेषज्ञ डाक्टर अनिल गुरुङले बताउनुभयो । गार्हो आर्थिक अवस्था भएका आँखाका राेगीलाई लक्षित गरि शिविरको आयाेजना गरिएको डाक्टर गुरुङको भनाई छ ।
वर्षको एकपटक हुने आँखा शिविरमा मेसिनद्वार अप्रेसन गर्न नसकिने भएकोले फलाेअपमा रहेका बिरामीलाई गेटा जान आउन खर्चिलो र झन्झटिलो हुने अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको जनाईएकाे छ । आँखा उपचार केन्द्रमा आउने र अप्रेसन गर्न चाहने बिरामीलाई सशुल्क अप्रेसनका लागि खबर गरिएको र साेही अनुसार शिविर सम्पन्न गरिएकाे आँखा उपचार केन्द्र मंगलसेनका इन्चार्ज राकेश कुमार लाेदले जानकारी दिनुभयाे ।