मंगलसेन बहुुप्रवाधिक शिक्षालयका शिक्षक र कर्मचारी आन्दोलनमा

मंगलसेन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत वर्षौँदेखि करार, मासिक तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूले रोजगारी असुरक्षित बनाइएको भन्दै देशव्यापी आन्दोलन सुरु गरेका छन् । उक्त परिषद्मा कार्यरत शिक्षक र कर्मचारीहरू आन्दोलनको पहिलो चरण अन्तर्गत मंगलसेन प्राविधिक शिक्षालयमा कार्यरत शिक्षकहरूले ज्ञापनपत्र बुझाएका छन् ।

शिक्षालय प्रमुख मार्फत आफ्ना मागहरू सम्बोधनका लागि ज्ञापन पत्र सहित शिक्षालयको गेटमा व्यानर र धर्ना सहित आन्दोलनमा उत्रिका हुन् । उक्त शिक्षालयमा सञ्चालित सबै पठनपाठन बन्द गरेर शिक्षक र कर्मचारीहरू धर्नामा बस्ने सामुहिक निर्णय भएको शिक्षक अनिषा राइको भनाइ छ ।

शिक्षालयमा कार्यरत कर्मचारी संघर्ष समितिले रोजगारी नै संकटमा परेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेर आन्दोलन सुरु गरिएको बताइएको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!