अछाम–२ को प्रतिनिधिसभामा प्रतक्ष्यमा चार जना सिफारिस, पूर्व सांसद र प्रदेशसभा सदस्य समानुपातिकमा

अछाम । आउँदो प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस अछाम–२ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिससभातर्फ दुई र चार प्रदेशका निर्वाचन क्षेत्रका लागि प्रतक्ष्य र समानुपातिकतर्फका उम्मेदवारका लागि पार्टीको क्षेत्रीय कार्यसमितिले सिफारिस गरेको हो ।
क्षेत्रीय कार्यसमितिले अछाम–२ मा पुष्पबहादुर शाह, बलबहादुर कुँवर, गणेशबहादुर विष्ट र रामबहादुर शाही उम्मेदवारका लागि सिफारिसमा परेको क्षेत्रीय सचिव भीमबहादुर विष्टले जानकारी दिनुभयो । प्रतिनिधिसभाको समानुपातिकतर्फ अक्कलबहादुर विष्ट, देवराज देवकोटा, विनोद थापा, विपि रेग्मी, अम्बिकुमारी थापा र सुनिता थापा सिफारिसमा पर्नुभएको छ ।