उपचार खर्च लिन अछामका स्थानीय तहको आव्हान

अछाम । मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधि उपचार वितरण गर्ने भएका छन् । लक्षित समूहका प्रत्येक व्यक्तिले उपचार खर्च स्वरुप मासिक रुपमा पाँचहजार रकम प्राप्त गर्नेछन् ।

स्थानीय तहले सूचना जारी गरेर नागरिकता, राष्ट्रिय परिचयपत्र वा नाबालक परिचयत्रपको प्रतिलिपि, चिकित्सकको सिफारिस, बिरामीको फोटो र बैंक खाता वडा कार्यालयमा पेश गर्न भनिएको छ । सरकारले गम्भीर प्रकृतिका बिरामीहरुलाई औषधि उपचार खर्च उपलब्ध गराउने सम्बन्धि कार्यविधि–२०७८ अनुसार उक्त रकम रकम दिने भएको हो ।

नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थाबाट रोजगारी, निवृतिभरण पाइरहेका र विदेशी सरकारबाट रोजगार र पेन्सन प्राप्त गरिरहेकाले उक्त रकम नपाइने बताइएको छ । सामाजिक सुरक्षा भत्ता पाइरहेका, एक भन्दा बढी रोग लागेका व्यक्तिलाई उल्ल्ेखित एकै रोगमा खर्च दिइने बताइएको छ । मंगलसेन नगरपालिका, ढकारी, मेल्लेख, बान्नीगढी जयगढ र चौरपाटी गाउँपालिकाले सूचना सार्वजनिक गरेर आवेदन मागेका छन् । सम्बन्धित स्थानीय तहमा भदौ महिनाभर आवेदन दिन भनिएको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page