मंगलसेन नगरपालिकाद्वारा २२ शिक्षकको पदस्थापना
अछाम । शिक्षा सेवा आयोगबाट प्रावि तहको शिक्षक पदमा सिफारिस भएर आएका शिक्षकहरूलाई मंगलसेन नगरपालिकाले विद्यालयमा खटाएको छ । मंगलसेनमा सिफारिस भइ आएका २२ जना प्रावि तहका शिक्षकहरूलाई नगरका १८ विद्यालयमा पदस्थापना गरिएकाे हाे ।
नगरपालिकामा एक कार्यक्रमको आयाेजना गरेर शिक्षकहरूलाई बधाइ तथा शुभकामना व्यक्त गर्दै विद्यालयमा पठाएको नगरपालिका स्रोतले जानकारी दिएको छ । कार्यक्रममा नगर प्रमुख पदमबहादुर बाेहराले इमान्दारी र कर्तव्यनिष्ठ भएर शिक्षा दिन नवनियुक्त शिक्षकहरूमा अनुरोध राख्नुभयो ।
कार्यक्रममा नगर प्रमुख बोहरा सहित, निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, शिक्षा शाखाका प्राविधिक सहायक दीपक भण्डारी र नयाँ शिक्षकहरूको सहभागिता रहेको खबर प्राप्त भएको छ ।