Palika dasin suvakamana

पहिराेमा घर पुरिएर मृत्यु भएका स्थानका ११ तस्बिरहरू (फोटोफिचर)

Palika dasin suvakamana

अविरल वर्षाका कारण अछामका तीन स्थानीय तहका पाँच स्थानमा पहिरोका कारण घर भत्किँदा १७ जनाको मृत्यु पुष्टि भइसकेको छ भने । छ जना अझै पहिरोमा परेर वेपत्ता भएका छन् । शुक्रबार राती भएको घटनामा शनिबार दिनभर जिल्लामा उद्धार, शव व्यवस्थापन, पोष्टमार्टम, घाइतेको उपचारका व्यस्त रहेको पाइएको छ । स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले शव निकाल्ने घाइतेको उद्धार गर्ने कार्यमा जुटिरहे । हेलिकप्टरबाट घाइतेको उपचार गर्न लैजाने, राहत सामगी ढुवानी गर्न हेलिकप्टरको प्रयोग गरियो । शनिबार जिल्ला प्रशासन कार्यालयमा निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजाल, अछामका प्रहरी प्रमुख डीएसपी नारायण डाँगी र प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मिनराज आचार्य, सशस्त्र प्रहरी प्रमुख र नेपाली सेनाका प्रमुख निकै व्यस्त देखिन्थे ।
अछामका तुर्माखाँद ५ नाडा, कमलबजार नगरपालिका ६ ठाँटीखाँद, वडा नम्बर ८ ढाँकुको डुँगाला, ढकारी गाउँपालिका ६ को ढुंगाचाल्नामा भएका घटनाका केही तस्बिरहरु संकलन गरेका छौ । केही तस्बिरहरु प्रकाशन गर्न नमिल्ने भएकोले हामीले प्रकाशन गरेका छैनौ । घटनाका केही प्रतिनिधिमुलक तस्बिरहरु यस्ता प्रकार रहेका छन् । तस्बिरहरूः सामािजक सञ्जाल

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page