अछाम–१ को प्रतिनिधिसभामा प्रतक्ष्यमा चार जना सिफारिस, पूर्वआइजिपी समानुपातिकमा

अछाम, भदौ १६ गते । आउँदो प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेसका उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिससभातर्फ दुई र चार प्रदेशका निर्वाचन क्षेत्रका लागि प्रतक्ष्य र समानुपातिकतर्फका उम्मेदवारका लागि पार्टीको क्षेत्रीय कार्यसमितिले सिफारिस गरेको हो ।
अछाम–१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अछाम काँग्रेसले प्रतक्ष्यतर्फ भरतकुमार स्वार, टिकाराम खनाल, गोविन्दबहादुर शाह, राजेन्द्रबहादुर शाहलाई क्षेत्रीय कार्यसमितिले सिफारिस गरेको छ ।
समानुपातिकमा नेपाल प्रहरीका पूर्वआइजिपी मोतिलाल बोहरा, लक्ष्मी शाह, अक्रामुल सेख, अनुराधाकुमारी स्वार, शान्ता कुँवर र डम्बरबहादुर सुनार सिफारिसमा पर्नुभएको छ ।