विप्लव नेतृत्वको नेकपा अछाममा शाही चयन

मंगलसेन । विप्लव निकट नेपाल कम्युनिष्ट पार्टी अछामको तेस्रो जिल्ला सम्मेलनले लोकेन्द्र शाहीकाे नेतृत्वमा नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा साेमबार चयन गरेको छ । जिल्ला सम्मेलनको बन्दसत्रले लोकेन्द्र शाहीको नेतृत्वमा ४१ सदस्यीय जिल्ला कमिटी गठन गरेको नेकपा अछामका नेता निरकबहादुर शाहीले जानकारी दिनुभयाे ।
जिल्ला सचिव मीना धामी सरिताको अध्यक्षतामा भएको भेलाको बन्दसत्रले जिल्ला सचिव शाहीसहित सदस्यमा सर्जन धामी, निरक शाही, रमेश वीसी, दिपेन्द्र जगयढी लगाएतका सदस्य रहेका छन् ।
उदघाटन कार्यक्रममा केन्द्रीय सदस्य भगत सिंह, दार्चुला जिल्ला निवर्तमान सचिव भरत मल्ल, जिल्ला सल्लाहकार प्रशान्त, किरण, लक्षिराम भाट, युवराज बोगटी लगाएत अतिथि रहनु भएको थियो ।