माओवादीका अछाम जिल्ला सदस्य एमाले प्रवेश
विनायक । नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा तत्कालिन जनमुक्ति सेनाका एक कमान्डर नेकपा (एमाले) मा प्रवेश गरेका छन् । पञ्चदेवल विनायक नगरपालिका-९ काँलेकाडामा एमालेको घरदैलो अभियानमा जिल्ला सदस्य तथा पूर्व कमाण्डर जनक गिरी (विनोद) प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रमा राजनीतिक विचलन आएको भन्दै चाकडीवाद र कमिसनवाद हाबी भएकाले आफूले त्यस्तो काम सहन नसकेकोले माओवादी त्यागेको भनाइ राख्नुभयो । सच्चा कार्यकर्ता माओवादीमा बस्न नसक्ने भन्दै पार्टीका अधिकाँसले एमालेमा प्रवेश गर्ने भनाइ गिरीको भनाइ छ ।
देश र जनताको वास्तविक पार्टी एमाले भएको भन्दै यसमा आवद्ध भएर जनताको सेवामा जुट्ने भनाइ गिरीको छ । काँलेकाँडा क्षेत्रमा गिरीको ठूलो प्रभाव रहेको पार्टी प्रवेश कार्यकममा सहभागी एमाले जिल्ला सदस्य प्रेमकुमार खत्रीको भनाइ छ ।
यसअघि नेकपा माओवादी केन्द्रका पञ्चदेवल विनायक नगरपालिका इन्चार्ज जगत बिएल र जिल्ला कमिटी सचिवालय सदस्य महारुप जोशी (विज्ञान) एमाले प्रवेश गरेका थिए । त्यस प्रदेशमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रहेकै बेलामा पार्टी छाड्ने क्रम चलेको छ ।