भलिबलको उपाधि नन्देगडालाई

मंगलसेनको ठूलासेनमा आयोजित पुरूष खुला वडास्तरिय भलिबल प्रतियोगिताको उपाधि मेल्लेख गाउँपालिका-७ नन्देगडा हात पारेको छ ।
रामारोशन गाउँपालिका-७ सुतारलाई ३–० को सोझो सेटमा पराजित गर्दै नन्देगडाले नगद ५१ हजार कप, मेडल र प्रमाणपत्र पाएको छ । दोश्रो भएको सुतारको टिमले नगद ३१ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । तृतिय स्थान प्राप्त गर्न सफल मंगलसेन नगरपालिका-३ को टिमले नगद २१ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । मंगलसेन-३ को टिमले कमलबजार-१० टीमलाई ३–१ को सेटमा पराजित गरेको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी मंगलसेन-३ का तेजबहादुर साउँद, लिफ्टर सुतारका शमशेर भण्डारी, स्पाईकर नन्देगडाका विन्दुराज खत्री र लिब्रो सुतारका दिनेश भण्डारीलाई पुरस्कृत गरिएको छ ।
बडादशैँ तथा दिपावलीको अवसरमा यही जेठ २५ गतेबाट आयोजना गरिएको वडा स्तरीय खुला भलिबल प्रतियोगितामा दैलेखको आठबिस नगरपालिकासहित अछामभरका गरेर १६ टिमको सहभागिता रहेको थियो ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page