काँग्रेसद्वारा बागी उम्मेदवारसहितलाई पाँच वर्ष पार्टी सदस्य नरहने गरेर निष्कासन (प्रेस विज्ञप्तिसहित)

अछाम । सत्तारूढ गठबन्धनका उम्मेदवार विरूद्दमा बागी उम्मेदवारी दर्ता गर्नेलाई नेपाली काँग्रेसले पाँच वर्षसम्म पार्टीबाट निष्कासन गरेको छ । काँग्रेसले बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई समेत पाँच वर्ष पार्टीको साधारण सदस्य समेत नरहने गरेर कार्वाही गरेको हो। बुधबार बेलुकी काँग्रेका केन्द्रीय मुख्य सचिवद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।
विधान २०१७ (संशोधनसहित) को धारा ३४ (१) घ उल्लंघन गरेको भन्दै धारा ३४ (४) (क) अनुसार पार्टीको सदस्यसमेत नरहने गरी ५ वर्षका लागि निष्कासन गरिएको पौडेलले जनाएका छन् ।