एमाले अछामद्धारा सबै क्षेत्रमा मनोनयन दर्ता
अछाम । नेकपा (एमाले) द्धारा अछामका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेवारहरुद्धारा मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभातर्फका छ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको एमाले अछामले जानकारी दिएको छ ।
प्रतिनिधिसभा एमालेबाट अछाम–१ प्रतिनिधिसभातर्फ झपट बोहरा र अछाम–२ मा यज्ञबहादुर बोगटीको मनोनयन दर्ता भएको छ ।
एमालेबाट अछाम–१ ‘क’ प्रदेशमा देवबहादुर कुँवर ‘ख’ प्रदेशमा कृष्णप्रसाद जैसीको मनोनयन दर्ता भएको छ । एमालेबाटै अछाम–२ ‘क’ प्रदेशमा भीमबहादुर विष्ट र ‘ख’ प्रदेशमा एमालेबाट शिवप्रसाद उपाध्यायको मनोनयन दर्ता भएको छ ।
सत्तारुढ गठबन्धन दलले भागबण्डा गरेर मनोनयन दर्ता गरिएको छ ।