ढकारी गाउँपालिकाको आठै वडामा काँग्रेसको नयाँ कार्यसमिति चयन (नामावली सहित)

अछाम । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत अछामको ढकारी गाउँपालिकाका आठवटै वडामा वडा नयाँ कार्यसमिति चयन गरिएको छ । अधिवेशनबाट वडा सभापतिसहित उपसभापति, सचिव लगायतका पदाधिकारी र सदस्यहरू, क्षेत्रीय प्रतिनिनिधिहरू चयन भएका ढकारीका अगुवा कमल भण्डारीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

ढकारी गाउँपालिका वडा नं. १ मा खगेन्द्र बुढाजैशी, वडा नं. २ मा प्रेमबहादुर साउद, वडा नं. ३ मा रंगबहादुर बुढा, वडा नं. ४ मा बिक्रम सुनार सभापतिमा चयन भएका हुनुभएको छ । यस्तै वडा नं. ५ को सभापतिमा खडके साउद, वडा नं. ६ मा रुपेन्द्र थापा, वडा नं. ७ मा पूर्णसिंह थापा र वडा नं. ८ मा भीमबहादुर भण्डारी सभापतिमा चयन हुनुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनका लागि असोज ३ र ४ गतेको समय निर्धारण गरेको थियो । वडा अधिवेशनबाट वडा कार्यसमितिसँगै क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिसमेत चयन हुने व्यवस्था छ ।

वडा तहमा नयाँ नेतृत्व चयनसँगै पार्टी संगठनलाई थप व्यवस्थित बनाउने तथा आगामी अधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने प्रक्रिया अगाडि बढेको कांग्रेसका स्थानीय नेताहरूले बताएका छन् ।

कांग्रेसको संशोधित निर्वाचन कार्यतालिकाअनुसार वडा अधिवेशनपछि गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज ११ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन असोज १३ गते र जिल्ला अधिवेशन असोज १७ गतेका लागि तय गरिएको छ। केन्द्रीय १५औँ महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका रहेको छ । 

हेर्नुहोस् वडागत नामावली 

वडा नं.  नवनिर्वाचित सभापतिको नामथर
खगेन्द्र बुढाजैशी
प्रेमबहादुर साउद
रंगबहादुर बुढा
बिक्रम सुनार
खडके साउद
रुपेन्द्र थापा
पूर्णसिंह थापा
भीमबहादुर भण्डारी
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!