माओवादीलाई प्रदेशमा राखेर काँग्रेस र समाजवादीको अछाममा भागबण्डा

अछाम । निकै रस्साकसीपछि गठबन्धनले अछामकाे निर्वाचन क्षेत्रमा भागबण्डा गरेकाे छ । माओवादी केन्द्रलाइ प्रदेशमा राखेर काँग्रेस र समाजवादीले एक/एक प्रतिनिधिसभाकाे क्षेत्र लिएर टुंग्याएका हुन् ।  

अछाम-१ काे प्रतिनिधिसभाकाे निर्वाचन क्षेत्र नेकपा (एकीकृत समाजवादी) ले पाएको छ । केन्द्रिय गठबन्धनको बैठकले अछाम-१ समाजवादीले पाउने निर्णय गरेसँगै  प्रतिनिधिसभाकाे उम्मेदवार समाजवादीबाट हुने भएकाे छ । यस्तै अछाम-२ काे प्रतिनिधिसभामा नेपाली काँग्रेसले उम्मेदवारी पाउने सहमती भएकाे छ । 

गठबन्धनबाट अछाम-१ को प्रदेश क नेपाली काँग्रेसकाे भागमा परेकाे छ भने ख केन्द्र माओवादी केन्द्रकाे भागमा परेकाे छ । यस्तै अछाम-२ काे क प्रदेश माओवादी केन्द्रले पाएकाे छ भने ख केन्द्रमा नेपाली काँग्रेस र समाजवादीकाे दावी रहेकाे छ । अछाम-२ काे ख प्रदेशमा काँग्रेस र समाजवादी पार्टीकाे हानाथाप छ । 

गठबन्धनले अछामका प्रतिनिधिसभा र प्रदेशसभाका कुनै उम्मेदवारकाे टुंगाे लाएको छैन । प्रतिनिधिसभा सदस्यकाे उम्मेदवारमा अछाम-१ बाट सम्भवतः श्रम, राेजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले समाजवादीबाट टिकट पाउनेछन् । यस्तै अछाम-२ काे प्रतिनिधिसभाकाे उम्मेदवारमा नेपाली काँग्रेस अछामका सभापति पुष्पबहादुर शाहले टिकट ल्याउने निकै चर्चा सुनिन्छ ।  यसअघि अछाम-१ माओवादी केन्द्रकाे भागमा परेकाे भनेर समाचारहरू बाहिरिएका थिए ।

एमालेले अछामका सबै क्षेत्रमा उम्मेदवारकाे नाम टुंगाे लाएकाे छ । प्रतिनिधिसभातर्फ अछाम-१ मा झपटबहादुर बाेहरा र २ मा यज्ञबहादुर बाेगटी एमालेबाट उम्मेदवार बन्ने भएका छन् । यस्तै अछाम १ काे क बाट देवबहादुर कुँवर र ख बाट कृष्णप्रसाद जैसी चुनाव लड्ने छन् । यस्तै अछाम-२ काे क प्रदेशसभामा भीमबहादुर विष्ट र ख मा शिवप्रसाद उपाध्यायले टिकट पाएका छन् । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page