टीमसहित समाजवादी अछामका अध्यक्ष एमालेमै फर्किए
अछाम । नेकपा (एकीकृत समाजवादी) का अछाम जिल्ला अध्यक्षसहित २४ जना एमालेमै फर्किएका भएका छन् । समाजवादीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईसहितलाई एमाले केन्द्रिय कार्यालय ललितपुरको च्यासलमा महासचिव शंकर पोखरेललगायतका नेताहरुले स्वागत गर्नुभएको छ ।
पार्टीमा स्वागत गर्दै एमालेका महासचिव शंकर पोखरेलले थाहा नपाएर एमालेबाट बाहिर गएका अधिकांस कार्यकर्ताहरु एमालेमै फर्कने लहर चलेको बताउनुभयो । एमालेको नीति, सिद्धान्त, विचार र कार्यक्रम जनताकै भएकोले सबैको साथ र सहयोग भएको महासचिव पोखरेलको भनाइ छ ।
यसअघि एमाले रहँदा भट्टराई जिल्ला सदस्यसहित प्रचारविभाग प्रमुखको जिम्मेवारी सम्हाली सकेका छन् । एमाले नेता भीम रावलको क्षेत्र निवासी भट्टराई फर्किएपछि एमाले थप बलियो भएको विश्लेषण गर्न थालिएको छ ।
कार्यक्रममा एमालेका केन्द्रिय सचिव भट्ट, स्थायी सदस्य कर्णबहादुर थापा, केन्द्रिय सदस्य तथा अछाम इन्चार्ज झपटबहादुर बोहरा, यज्ञबहादुर बोगटी, सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य कृष्णप्रसाद भट्टराई (जैसी), डिवी साउँद, जिल्ला अध्यक्ष चन्द्र बोहरा, अनेरास्ववियुका सचिवालय सदस्य कमल ढुंगानालगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।