Palika dasin suvakamana

आफ्नै प्रधानमन्त्री कालमा आएको रेलमा टिकट काटेर चढे

Palika dasin suvakamana

जनकपुर। १ अर्ब ३ करोड रुपैयाँमा किनिएका रेल पहिलो पटक नेपाल आउँदा केपी शर्मा ओली देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । नेपालमा चीन र भारत दुबै देशबाट रेलमार्ग जोड्ने र नेपालमा रेल कुदाउने सपना देखाउँदा धेरैले ओलीको आलोचना गरेका थिए र कतिपयले त किस्सा पनि बनाएका थिए ।

तर, ओलीकै प्रयासमा आएका दुई वटा रेल जनकपुर–जयनगर ३४ किलोमिटरको रुटमा चलाउने गरी ओली सरकारले २०७७ असोज पहिलो हप्ता दुई वटा रेल नेपाल ल्याएको थियो । रेल चलाउने तयारी गर्दै–गर्दा कोभिडलगायतका कारण ढिलाइ भैरहेको थियो भने पछिल्लो समय ओली सरकारलाई अपदस्थ गरेपछि आएका रेल पनि कुदाउन केही समय पर्खिनु परेको थियो ।

२०७८ १९ चैतमा जयनगर–कुर्था (जनकपुर) रेल्वेको उद्घाटन नेपाल र भारतका प्रधानमन्त्रीले भर्चुअल रुपमा सीमापार रेल सेवा सुरुवात गरेका थिए । संयोग नै भन्नुपर्छ आज उहाँकै पालमा नेपाल आएको रेलमा ओली पहिलोपटक जनकपुर– जयनगर रेल चढ्नु भएको छ ।

शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुरमा रहनु भएका ओलीले रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया पुग्नुभयो । उहाँले पार्टी प्रवेश कार्यक्रम स्थल तिनकौरिया पुग्न महिनाथपुर स्टेशनसम्म रेल चढ्नु भएको थियो भने उहाँले रेल चढ्न टिकट नै किन्नुभएको थियो ।

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page