रेडक्रस साँफेबगरद्वारा पहिरो पीडितलाई राहत संकलन
साँफेबगर । पहिरोबाट पीडितलाई सहयोग गर्न नेपाल रेडक्रस सोसाइटी साँफेबगर उपशाखाले राहत संकलन थालनी गरेको छ । राहत संकलनको पहिलो दिनमा ५१ हजार ४३२ रुपियाँ जम्मा भएको बताइएकाे छ ।
पहिरोबाट भौतिक तथा मानविय क्षतिबाट पीडितहरुलाइ सहयोगार्थ राहत संकलनको काम साँफेबगरको एयरपोर्ट बजार र हाटबजारमा शुरु गरिएको रेडक्रस अछामका जिल्ल सदस्य मिनबहादुर कुँवरले जानकारी दिनुभयो ।
यसपछि बजारमा रहेका सरकारी ,गैरसरकारी निकाय र वित्तिय संस्थाहरुबाट समेत सहयोग संकलन गरिने भएको छ । संकलन गरिएको राहत रकम जिल्ला विपद् व्यवस्थान समितिलाइ हस्तान्तरण गरिने कुँवले जानकारी दिनुभयो । ब्यहोरा समेत जानकारि गरिन्छ ।
राहत संकलनमा जिल्ला सदस्य कुँवरसहित जिल्ला सदस्य जानकी बोहरा, उपशाखा सभापति ललित कुँवर, वडा सदस्य, स्थानीय अगुवा, विद्यार्थीको सहभागिता रहेको छ ।