माओवादी केन्द्रले समानुपातिक सूची बुझायो
काठमाण्डाै । नेकपा माओवादी केन्द्रले पार्टीको समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ ।
सोमबार प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक उम्मेदवार बन्द सूचि बुझाएको पार्टीका उपमहासचिव वर्षमान पुनको भनाइ छ । यसअघि समानुपातिकमा परेका, स्थानीय तहको निर्वाचनमा पराजितलाइ सूचीमा नराखेको बताइएको छ ।
बन्द सूचीमा अधिकाँस यूवाहरू समेटेको पुनको दावी रहेको छ ।