ढकारी गाउँपालिकास्तरिय नेपाल बुद्धिजिवी परिषद् गठन

मंगलसेन । नेकपा (एमाले) काे जनवर्गीय संगठन नेपाल बुद्धिजिवी परिषद् ढकारी गाउँपालिकास्तरिय अधिवेशनले नयाँ नेतृत्व चयन गरेकाे छ ।

अधिवेशनले बम बहादुर बुढाको अध्यक्षतामा १९ सदस्यीय पालिका स्तरिय कमिटी गठन गरेकाे छ । समितिकाे उपाध्यक्षमा सुर्जबहादुर शाही, सचिवमा जनक थापा, उपसचिवमा रमेश विक र राम थापा, कोषाध्यक्षमा लक्ष्मीकुमारी साउँद बुढालगायत सदस्य चयन भएका छन् । नेकपा (एमाले) सुदुरपश्चिम प्रदेश कमिटी सदस्य धर्मबहादुर शाही प्रमुख अतिथि रहनु भएको थियाे ।

भेलाले भाद्र ३१ गते रातिको अविरल बर्षामा कमलबजार नगरपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

नमराज जैसीको अध्यक्षतामा भएको पहिलाे अधिवेशनकाे सञ्चालन धर्मबहादुर साउँदले गर्नुभएको थियोे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page