नेपाल र चीन बीच संसदीय सहयोगमा छ बुँदे सहमतिमा हस्ताक्षर
नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालका प्रतिनिधि बीचमा अन्तर संसदीय सहयोग सम्बन्धी ६ बुँदे सम्झौता भएको छ। सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाबीचको भेटावर्ता ६ बुँदे सम्झौता भएको हो ।