म्यानचेस्टर युनाइटेडको पहिलो जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले पहिलो जित हात पारेको छ । म्यानचेस्टरले वर्ल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले लिभरपुललाई २–१ गोल अन्तरले पराजित गरेको हो। युनाइटेडको जितमा जाडोन सान्चो र मार्कस रशफोर्डले समान १/१ गोल गरे। लिभरपुलका लागि एक मात्र गोल मोहमद सालेहले गरे।युनाइटेड यसअघिका सुरुवाती दुवै खेलमा पराजित भएको थियो।
जितसँगै युनाइटेडले ३ अंक जोडेको छ। लिभरपुलले भने पहिलो हार ब्यहोरेको छ। यसअघिका दुवै खेलमा लिभरपुल बराबरीमा रोकिएको थियो। लिगमा शतप्रतिशत जितसहित आर्सनल शीर्षस्थानमा छ।