अरिंगालको टोकाईबाट उपचारको क्रममा मृत्यु
अछाम । अरिंगालको टोकेर उपचारको क्रममा रहेका एक महिला जेष्ठ नागरिकको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका-३ ठाँटीका ७८ बर्षीया बुदी रावलको मृत्यु भएको हो । दिउसो १ बजे तिर बाख्रा चराउन जंगलमा गएको बेला अरिंगालले टोकेको थियो । अरिंगालको गोलो नै उनको शरिरमा खनिएपनि पुरै शरिरमा अरिंगालले टोकेको थियो ।
उपचारका लागि वयलपाटा ल्याएपछि उपचार सम्भव नभएपछि उनकाे मृत्यु भएकाे पारिवारिक श्राेतले जानकारी दिएको छ । अरिंगालले टोकेपछि उनलाई उपचारको लागि हिजै राती बयालपाटा अस्पताल पुर्याईएको थियो । उपचारको क्रममा उनको अस्पतालमा मृत्यु भएको आफन्तले जनाएका छन् ।