केन्यासँगकाे एक दिवसिय खेल तालिका सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग खेल्ने टी–२० आई र एक दिवसीय खेलको तालिका सार्वजनिक भएको छ।नेपाल क्रिकेट संघ ९क्यान० मंगलबार केन्यासँग खेल्ने पाँच टी–२० आई र तीन एक दिवसीय अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो।
तालिका अनुसार नेपालले पहिलो टी–२० आई खेल २५ अगष्टमा खेल्नेछ। नेपालले बाँकी खेल २६, २८,२९ र ३० अगष्टमा खेल्नेछ। पहिलो एक दिवसीय अभ्यास खेल २ सेप्टेम्बरमा खेल्नेछ। दोस्रो खेल ३ र तेस्रो खेल ५ सेप्टेम्बरमा हुने तालिका छ।
नेपाल भदौ ७ गते केन्या प्रस्थान गर्नेछ। सन्दीप लामिछानेले टी–२० आई र रोहित पौडेलले तीन एक दिवसीय अभ्यास खेलमा कप्तानी गर्नेछन्।