अनेरास्ववियु अछाम–काठमाडौं सम्पर्क कमिटीमा नयाँ नेतृत्व

अछाम । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अछाम–काठमाडौं सम्पर्क कमिटीको दोस्रो सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । काठमाडौंमा सम्पन्न सम्मेलनले कमल बहादुर साउँदको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।

सम्मेलनबाट कमिटीको उपाध्यक्ष्मा निराजनजंग शाही सचिवमा नवीन बोहरा, सहसचिवमा शिद्धराज भण्डारी र मिलन विश्वकर्मा, कोषाध्यक्षमा तारा बुढा सर्वसम्मत चयन भएका हुन् । सम्मेलनबाट नयाँ कमिटी चयन गरिएको रोशन साउँदले जानकारी दिनुभयो । 

सम्मेलनमा अनेरास्ववियुका केन्द्रीय प्रतिनिधिहरू, विभिन्न शैक्षिक संस्था र पेशागत क्षेत्रका विद्यार्थी अगुवाहरू तथा युवाहरुको उपस्थिति थियो । सम्मेलनले नयाँ नेतृत्वलाई संगठन सुदृढीकरण, विद्यार्थी हकहितको संरक्षण, र नेतृत्व विकासको दिशामा अझ सक्रिय भूमिका खेल्ने बताइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!