प्रचण्ड अछाम आउनेः मंगलसेन र साँफेमा सम्बोधन गर्ने

अछाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अछाममा आउनुहुनेछ । पार्टीको पुष्पलाल मार्गको जागरण अभियान अन्तरगत अछामका साँफेबगर र मंगलसेनमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

साँफेबगरमा सभालाई सम्बोधन र मंगलसेनको खुलामञ्चमा खुला सम्वाद कार्यक्रम गरिने भएको पार्टीका जिल्ला संयोजक रविन्द्र साउँदले जानकारी दिनुभयो । दिउँसो चौरपाटी गाउँपालिकाको चौखुट्टेमा खाना खाएर साँफेबगरमा करिब २ बजेतिर प्रचण्डले सम्बोधन गर्ने बताइएको छ । संयोजक साउँदका अनुसार साँफेबगरमा विभिन्न स्थानीय तहका प्रमुख र वयालपाटा अस्पतालले मागपत्र बुझाउने तय गरिएको छ ।

अध्यक्ष प्रचण्डले अछाम सदरमुकाम मंगलसेनको खुलामञ्चमा खुला सम्वादको आयोजना गरिएको छ भने बेलुकी विनायकमा बास बस्ने बताइएको छ । यस्तै आइतबार बिहान सुदूरपश्चिम प्रदेशबाट टोलीलाई बिदाइ गरिने संयोजक साउँदको भनाई छ ।

गएको वर्षको मंसिर महिनामा नेकपा (एमाले) को मध्यपहाडी लोकमार्ग यात्रामा पनि एमालेका केन्द्रिय, अध्यक्ष, उपाध्यक्ष, महासचिव, अन्य पदाधिकारी स सदस्यहरू अछाम अइपुग्नुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले चौखुट्टे, साँफेबगर र मंगलसेनको सभालाई सम्बोधन गर्नुभएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!