एमाले कमलबजारमा चलाउने अध्यक्षः कमिटी नै सर्वसम्मत चयन (नामावलीसहित)

अछाम । नेकपा (एमाले) कमलबजार नगर कमिटीको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्दै दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको बन्दसत्रले कम्मानसिंंह चलाउने अध्यक्ष रहनेगरी ४५ सदस्यीय नगर कमिटी चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा चीनबहादुर शाही, सचिवमा योगेन्द्र ढकाल र उप–सचिवमा इन्द्र विक र मोतिसरा भण्डारी लगायत सदस्यहरु निर्विरोध रुपमा चयन गरिएको छ । नवनिर्वाचित कमिटीका सदस्यहरुलाई सपथ ग्रहण गराइएको छ ।

अधिवेशन मंगलबार हिजो नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा अछाम क्षेत्र नं. २ का इन्चार्ज यज्ञबहादुर बोगटीले उद्घाटन गर्नुभएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!