तुर्माखाँद र चौरपाटीमा एमाले नेतृत्व सर्वसम्मत चयन

मंगलसेन । नेकपा (एमाले) तुर्माखाँद गाउँपालिका र चौरपाटी गाउँपालिकाको अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको छ ।

तुर्माखाँद गाउँपालिकाको दोश्रो अधिवेशनबाट पदमबहादुर विसीको अध्यक्षतामा ४७ सदस्यीय नयाँ पालिका कमिटी सर्वसम्मत रुपमा चयन गरिएको छ । नयाँ निर्वाचित कमिटीको उपाध्यक्षमा नवराज धमाला, सचिवमा अमरनाथ न्यौपाने, सहसचिवमा रामबहादुर वयक र तुलसी गिरी विष्ट चयन हुनुभएको छ ।

तुर्माखाँद गाउँपालिकास्तरीय अधिवेशनको आइतबार एमाले केन्द्रिय सदस्य तथा अछाम क्षेत्र नं. २ का इन्चार्ज यज्ञबहादुर बोगटीले गनुभएको थियो । उक्त उद्घाटनका क्रममा एमाले प्रदेश कमिटी, जिल्ला कमिटी र स्थानीय नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

चौरपाटी गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट झंकरबहादुर साउँदको अध्यक्षतामा ३५ सदस्यीय पालिका कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा प्रेमबहादुर खड्का, सचिव राजेन्द्र साउँद, उपसचिव लालबहादुर साउँद र मीना साउँद लगायतका सदस्यहरु चयन गरिएको छ ।

चौरपाटी गाउँपालिकास्तरीय अधिवेशनको सोमबार एमाले केन्द्रिय सदस्य तथा अछाम क्षेत्र नं. १ का इन्चार्ज कमल तिमिल्सेनाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । उक्त अधिवेशन उद्घाटका क्रममा एमालेका प्रदेश, जिल्ला र स्थानीयस्तरका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!