सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुखको टोली अछाममा

अछाम । हालै सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुखमा नियुक्त हुनुभएका प्रहरी नायव महानिरीक्षक (डीआइजी) डम्बरबहादुर विक अछाम पुग्नुभएको छ । अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारी  लगायत अछाम प्रहरी टोलीले नायव महानिरीक्षक विक टोलीलाई स्वागत गर्नुभएको थियो । 

अछाम जिल्ला पुगेर नायब महानिरीक्षक विकले अछाम जिल्लामा रहेको सुरक्षाको समग्र वस्तुस्थितिको जानकारी लिनुभएको छ । जिल्ला प्रहरी कार्यालय अछामको कार्यालय भवन, शाखाहरु, प्रहरी निवास, हिरासत कक्ष र हातहतियारको बारेमा निरीक्षण गर्नुभएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । साथै उहाँले जिल्ला प्रहरी कार्यालयसँगै मातहतका इलाका र प्रहरी चौकीका प्रमुखहरुलाई आवश्यक निर्देशन दिइएको बताइएको छ ।

नायव महानिरीक्षक विकसँगै प्रहरी उपरीक्षकद्धय प्रेमबहादुर शाही र सरोज पौडेल पनि अछाम आइपुग्नु भएको छ । प्रहरीको टोली सोमबार बिहान रामारोशन महोत्सवस्थल मुजाबगर पुग्नुभएको छ । उक्त टोली  पर्टकीय क्षेत्रको प्रवर्द्धनका लागि रामाराेशनको अवलाेकन गर्ने बताइएको छ । अछाम भन्दा पहिला उक्त टोलीले बाजुरा जिल्लाको प्रहरी कार्यालयको निरीक्षण गरेको थियो ।  

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!