बलात्कार र मानवबेचविखनका आरोपी लयाँटीबाट पक्राउ

अछाम ।  बलात्कार र मानवबेचखिनका आरोपितलाई अछाम प्रहरीले तीन महिनापछि लयाँटीबाट पक्राउ गरेको छ । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकाका २३ वर्षीय मोहनबहादुर चन्दलाई अछाम प्रहरीले जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीबाट पक्राउ गरेको हो ।

फरार रहेर प्रहरीले खोजि गरिरहेका चन्द लयाँटीको आफन्तको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । चन्दलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखेर थप अनुसन्धान भइहेको अछाम प्रहरीले जानकारी दिएको छ ।

अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी २२ वर्षीय एक युवतीले चन्द विरुद्धमा जिल्ला प्रहरी कार्यालय अछाममा गएको माघ ४  गते मानव बेचबिखन तथा ओसारपसार, शरिर बन्धक र जबरजस्ती करणी आरोपमा उजुरी गरेकी थिइन् । अछाम प्रहरीका अनुसार आरोपित चन्दले बैतडीबाट आएर विनायकबाट युवतीलाई  कात्तिक २८ गते भारत लिएर गएको बताइएकाे छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page