जिसस अछामकी उपप्रमुख प्रहरी नियन्त्रणमाः अदालतमा झगडा गरेको आरोप

जिल्ला समन्वय समिति अछामकी उप–प्रमुख दानमती बम शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालत, अछाममा झगडा गरेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, अछामले शाही आफ्नो नियन्त्रणमा रहेकी बताएको छ । पञ्चदेवल–विनायक नगरपालिकाकी स्थानीय समेत रहेकी शाही विनोद शाही हत्या प्रकरणसँग सम्बन्धित रहेर झगडा गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । तर, अछाम प्रहरीले फागुन १८ गते भएको झगडाका कारणले उनलाई नियन्त्रणमा लिएको दाबी गरेको छ । दानमतिलाई नियन्त्रणमा लिनु विनोद शाहीको हत्या प्रकरणसँग सम्बन्धित नरहेको प्रहरीले बताएको छ । बकपत्रका लागि अदालत पुगेका बेला झगडा भएकाले नियन्त्रणमा लिएको प्रहरीले बताएको हो ।

जिल्ला अदालत, अछामका स्रेस्तेदार राइभार कुन्जेडाले विनोद शाहीको हत्या प्रकरणको मुद्दा किनारा नलागेको बताएका छन् । विनोद शाहीको हत्या भएको तीन वर्ष हुनै लाग्दा पनि अदालतले फैसला गर्न सकेको छैन् । विनोद शाही हत्या प्रकरणमा पक्राउ परेका शान्ति शाही क्कश, द्रोपती शाही र कर्ण शाही २/२ लाख धरौटीमा छुटेका थिए । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका विनोद शाहीको परिवारले १३ जनाको विरुद्धमा सुरुमा मुद्दा दर्ता गरेका थिए । दिनेशखबर डटकमबाट  साभार

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!