माटोले पुरिएको घटनास्थलमा सीडिओ सहितको प्रहरी टाेली पुग्यो

अछाम । माटोको ढिस्कोले पुरिएको स्थानमा अछामका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब प्रमुख घटनास्थलमा पुग्नुभएको छ । मंगलसेन नगरपालिका–९ को वलीगाउँमा सो घटना भएको हो ।

प्रहरी टोली सहित प्रमुख जिल्ला अधिकारी (सीडिओ) शिव प्रसाद लम्साल, प्रहरी नायब उपरीक्षक (डीएसपी) इश्वरी प्रसाद भण्डारी घटनास्थलमा पुग्नुभएको बताइएको छ । घटनाका बारेमा थप जानकारीका लागि प्रहरी सहितको टोली पुगेको हो । माटोको ढिस्कोले पुरिएका जेठानी–देउरानीको शव निकालेर प्रहरी मुचुल्का तयारी पार्ने काम भइरहेको बताइएको छ ।

घटनास्थलमा थप महिला रहेको अाशंकामा नेपाली सेना, प्रहरीले माटो फालेर खोजी गरिरहेका छन् । घटनास्थलको सफाइ भइरहेको अछाम प्रहरी प्रमुख भण्डारीले जानकारी दिनुभयो ।  

घर पोत्न रातो माटो ल्याउन गएका मंगलसेन नगरपालिका–८ सुतुडाका दुई महिलाको घटनाथलमै ज्यान गएको हो । घटना भएको पान्लीभिण भन्ने स्थान मृतकका घरबाट घटनास्थल नजिकै रहेको छ । दशैंका बेला यस क्षेत्रका महिलाहरू रातो माटो ल्याउनका लागि ठूलो भ्याङ पारिएको ठाउँ जाेखिमपूर्ण स्थानमा माटो खन्ने गरेका हुन्छन् । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page