मंगलसेन नगरस्तरीय प्रतियोगितामा तेश्रो दिनका खेलहरू जारी रहने

अछाम । मंगलसेनमा जारी नगरस्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेश्रो दिनका खेलहरू जारी रहने भएका छन् । उक्त खेलहरू सम्पन्न गर्नका लागि प्रतियोगिताका निर्णायक (रेफ्री) हरुलाई बिहान ७ः४५ बजे खेल मैदानमा बोलाइएको छ । प्रतियोगिता आयोजक मंगलसेन नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्राविधिक सहायक दीपक भण्डारीले एक सूचना जारी गरेर निर्णायकहरुलाई बिहानै खेल मैदानमा बोलाएको छ ।

तेश्रो दिनको खेलहरुलाई समयमै सम्पन्न गराउन र अन्य व्यवस्थापकीय कामका लागि निर्णायकहरुलाई बोलाइएको अनुमान गरिएको छ । तीन दिनभित्रमा प्रतियोगिता सम्पन्न गर्न नगरको शिक्षा तथा खेलकुद शाखाले योजना बनाइपनि वर्षाका कारण एक दिन अवरुद्ध खेलका कारण एक दिन खेल पर धकेलिएको छ । विभिन्न खेलहरु बाँकी रहेकोले आज आइतबार खेलहरु सम्पन्न हुन मुस्किल भएको कतिपय दर्शकहरुको अनुमान रहेको छ ।

तेश्रो दिनमा आज भलिबल, कबड्डी र लामो दूरीका दौड बाँकी रहेका छन् । उक्त प्रतियोगितामा मंगलसेन नगरपालिकामा रहेका १२ वटा मावि विद्यालयका छात्रछात्राहरुको विभिन्न विधाका खेलहरुमा सहभागिता रहेको छ । उक्त कुन्ती मावि, राधा मावि, षोडशा मावि, अछाम बहुमुखी क्याम्पस, गंगा मावि, जाल्पा मावि, मंगला नेरा मावि, कालिका मावि, पार्वती मावि, यशोधरा मावि, शिशुसुधार मावि, अन्नपूर्ण मावि प्रतियोगितामा सहभागी छन् ।

प्रतियोगिताको उद्घाटन माघ ३ गते औपचारिक रुपमा गरिएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हरेक वर्ष सम्पन्न हुँदै आएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page