चालिस दलले समानुपातिकको बन्द सूची बुझाए
काठमाण्डाैं । निर्वाचन आयोगले सोमबार बेलुकीसम्म प्रतिनिधिसभातर्फ ११ दल र प्रदेशसभातर्फ ४० दलले समानुपातिकको बन्द सूची पेश गरेको पाइएकाे छ ।
आयोगले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल समावेशी पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टीले बन्द सूची पेश गरेका छन् । यस्तै मंगोल नेशनल अर्गनाइजेशन, मितेरी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिकतर्फको बन्दसूची पेश गरेको जानकारी दिएको छ।
पेश भएकाे सूचीमा आयोगले हेरफेर गरिरहेकाे बताइएकाे छ ।
