मंगलसेनका शिक्षकलाई सूचना प्रविधि सम्बन्धी तालिम प्रदान

अछाम । मंगलसेन नगरपालिका अन्तर्गतका विद्यालयमा कार्यरत सूचना प्रविधि स्रोत शिक्षक तथा विद्यालय कर्मचारीहरूका लागि दुई दिने सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ । माघ २७ र २८ गते सञ्चालित तालिममा नगरमा रहेका आधारभूत र माध्यामिक गरेर ४० जनाको सहभागिता रहेको थियो । तालिममा विद्यालयको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआइएस), अनलाइन राजश्व, नागरिक लगानी कोष तथा गुगल फर्म, अनलाइन सेवा प्रयोग सम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो ।

तालिम समापनका अध्यक्ष तथा नगर प्रमुख पदम बहादुर बोहरा हरेक शिक्षकले समयअनुसार आफूलाई प्रविधिमैत्री बनाएर लैजानका लागि आग्रह गर्नुभयो । नयाँ सिकाइहरुले मानिसहरुलाई दक्ष बनाउने भन्दै विद्यार्थीहरुको आवश्यकताका आधारमा शिक्षा दिन तयार बन्नुपर्ने भनाइ राख्नुभयो । शिक्षक समाजको अगुवा भएकोले सरकारी विद्यालयप्रति अभिभावकलाई जाकरुक बनाउन र विद्यालयमा बालबालिकाहरु ल्याउनका लागि भूमिका खेल्नुपर्ने भनाई राख्नुभयो । नगरले शिक्षा क्षेत्रको लगानीमा जोड दिएपनि स्रोतको आभावमा सबै विद्यालयमा एकैसाथमा पुग्न नसके पनि क्रमशः काम हुँदै जाने भनाइ छ ।

नगरका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष बृख बहादुर बोगटीले हरेक व्यक्ति नयाँ प्रविधिसँग जानकार नभएमा कार्य समेत प्रभावित हुने भनाइ छ । बोगटीले शिक्षक मात्रै नभएर जनप्रतिनिधि र अन्य व्यक्तिहरुले प्रविधि सिकाइ जरुरी रहेको भनाइ छ । कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले प्रविधिको सिकाइले कार्य सहजता ल्याउने भनाइ राख्नुभयो । नयाँ प्रविधिको सिकाइ र भौतिक समस्या भएपनि त्यसको उचित सिकाइमा ध्यान दिनुपर्ने भनाइ राख्नुभयो ।

समापन कार्यक्रममा सहभागी शिक्षकको तर्फबाट शिक्षिका पम्फा रावल र गणेश सोडारीले आफूले सिकेको सिकाइलाई अझै परिस्कृत भएर व्यवहारमा ल्याउने भनाइ राख्नुभयो । शिक्षकहरुलाई नियमित तालिमले शिक्षण सिकाइमा गुणस्तरीयता प्रदान गर्ने भएकोले नगरपालिकाले त्यतातिर योजना बनाउन रावल र सोडारीको आग्रह थियो ।

तलिममा शिक्षा अधिकृत दीपक बहादुर भण्डारीले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली, धन कुमार केसीले गुगल फर्म, अलाइन राजश्व र नागरिक लगानी कोषका विषयमा लेखा अधिकृत विष्णुप्रसाद उपाध्याय र सूचना प्रविधि अधिकृत पौरख बोगटीले सहजिकरण गर्नुभएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!