नवनिर्वाचित पालिका अध्यक्षलाई एमाले अछामकाे सम्मान
मंगलसेन । पालिकामा नेतृत्वमा चयन भएका दश जनालाई नेकपा (एमाले) अछामले शनिबार सम्मान गरेको छ । सदरमुकाम मंगलसेनमा रहेको पार्टी कार्यालयमा बसेको जिल्ला कमिटीको दोश्रो बैठकमा दश जनालाई सम्मान गरिएको हो ।
खादा, टीका लाएर विभिन्न दश पालिकाका नवनिर्वाचित अध्यक्षलाई सम्मान गरिएको साँफेबगर नगर कमिटी अध्यक्ष हिरण्डबहादुर कुँवरले जानकारी दिनुभयो ।
एमाले अछामले दशवटै स्थानीय तहमा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन गरिसकेको छ ।
