अछाम प्रहरीको मासिक प्रतिवेदनः अपराधदेखि सचेतामुलक काममा सक्रिय

अछाम । जिल्ला प्रहरी कार्यालय अछामले मंसिर महिनाको मासिक प्रतिवेदन तयार पारेको छ । प्रतिवेदन अनुसार मंसिर महिनाभरका अपराध अनुसन्धान, शान्ति सुरक्षा, महिला तथा बालबालिका संरक्षण, सवारी दुर्घटना नियन्त्रण र सामुदायिक सचेतनाका क्षेत्रमा काम गरेको प्रतिवेदन तयार पारेको हो ।

अछाम प्रहरीका अनुसार एक जघन्य र ५ फुटकर सहित ६ वटा अपराधका उजुरी दर्ता, चालु मुद्दाका ३ जना फरार रहेकोमा तीनै जनालाइ पक्राउ गरिएको छ । अदालतबाट फैसला तोकिएर फरार रहेका तीन जना पक्राउ गरिएको अछाम प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । यस्तै उक्त कार्यालयमा एक महिनाको अवधिमा ११ वटा ठाडो उजुरी आएकोमा सबै फर्छ्यौट भएको छोटो प्रतिवेदनमा उल्लेख छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकतर्फ हेर्दा २ वटा उजुरी दर्ता भई दुवै फर्छ्यौट भएका छन् । उजुरीमध्ये तीन महिला हराएको भनेर निवेदनहरू आएकोमा दुइ जना फेला परेका र एक जनाको खोजि भइरहेको कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक मिन बहादुर धामीले जानकारी दिनुभयो ।  शान्ति सुरक्षा तथा प्रहरी कार्यतर्फ ३ वटा लामो दुरीका गस्ती र एकहजार २१८ वटा छोटो दुरीका गस्ती गएको अछाम प्रहरीको तथ्यांक रहेको छ । मंसिर महिनामा एक स्थानमा आगलागी हुँदा करिब ६० हजारको क्षति अनुमान गरिएको बताइएको छ ।

मंसिर महिनाभर जिल्लामा चालकको लापर्वाहीका कारण एक घटनामा दुइ सवारी साधन संलग्न भएकोमा एक जना घाइते भएको छन् । नियम विपरित सवारी साधन चलाएको भन्दै जिल्लामा एकसय २१ सवारी साधन कार्वाहीमा पर्दा एकलाख ६५ हजार राजश्व रकम असुल गरिएको प्रहरी निरीक्षक धामीको भनाइ छ । समुदाय र विद्यालय केन्द्रित कार्यक्रम अन्तर्गत १३९ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी तीन हजार तीनसय जना लाभान्वित अछाम प्रहरीको भनाइ छ ।

कार्यालयबाट प्रदान गरिएका सेवातर्फ नागरिकता लगायत अन्य कागजातका लागि ६ वटा सिफारिस, हटलाइन तथा रेडियोमार्फत ८५ वटामा २३४ जनाले सेवा लिएका पाइएको छ । यस्तै तीन जना प्रहरी कर्मचारीलाइ सीपमुलक तालिम, ११ जना महिला प्रहरीलाइ स्यानेटरी प्याड वितरण, कार्यालय परिसरमा क्यारी निर्माण, मंगलसेन बजारको प्रतिक्षालय मर्मत गरेको उल्लेख गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!