एमाले अछामद्वारा जनप्रदर्शनः पार्टीमा एकबताबद्द हुन आव्हान (भिडियो)

अछाम । नेकपा (एमाले) अछामले सदरमुकाम मंगलसेनमा भव्य जनप्रदर्शन कार्यक्रम गरेको छ । मंगलसेनस्थित एमाले पार्टी कार्यालयबाट सुरु भएको सडक ¥याली नाराबाजी सहित खुला मञ्चमा पुगेर जनसभामा परिणत भएको थियो ।
जनसभाका प्रमुख अतिथि तथा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद यज्ञबहादुर बोगटीले वर्तमान असंवैधानिक सरकारले देशलाई अस्थिरतामा धकेल्ने प्रयास गरेको आरोप लगाउनुभएको छ ।

उहाँले पूर्व प्रधानन्यायाधीस सुशीला कार्की असंवैधानिक बाटोबाट प्रधानमन्त्री पदमा पुगेको दाबी गर्दै वर्तमान सरकारले नै निर्वाचनको वातावरण नै बिगारिरहेको भनाइ राख्नुभयो । वास्तविक जेनजीका मागमा एमाले पार्टी सकारात्मक रहेको भन्दै हत्या, आगजनी, तोडफोड र लुटपाट गर्ने अस्थिर प्रयासका विरुद्धमा देशभक्त नागरिकले एकजुट भएर अस्थिरता निम्त्याउनेहरुलाई परास्त गर्नुपर्ने भनाइ राख्नुभयो ।

एमाले केन्द्रीय सदस्य तथा अछाम क्षेत्र नं. १ का इन्चार्ज कमल तिमिलसैनाले देशी–विदेशी तत्वहरूले देशलाई अस्थिरतामा धकेल्ने प्रयास गरिरहेको भन्दै एमालेका सम्पूर्ण नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने भनाइ राख्नुभयो । देश र जनताको पक्षमा काम गरिरहेकोले आत्तिएकाहरुले एमाले पार्टी र नेताप्रति झुटा प्रचार गरेर आक्रमण गरिरहेकोले त्यसलाई चिर्न आव्हन गर्नुभयो । नेता तिमिलसैनाले २४ गतेको आन्दोलनलाई अपराधिकृत बनाउन अन्य दलहरुको घुसपैठ भएको समेत बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य भैरे कामी, प्रदेश कमिटी सदस्य शारदा विष्ट कुँवर, मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा, पूर्व जिल्ला अध्यक्ष चन्द्रबहादुर बोहरा, अनेरास्ववियुबाट भीम बहादुर बडाहित युवाबाट हेमन्त विसी लगायतले मन्तव्य राखेका थिए ।

एमाले अछामका अध्यक्ष शिवप्रसाद उपाध्यायको अध्यक्षतामा भएको जनप्रर्दशन र आमसभा कार्यक्रममा उपाध्यक्ष तिलक कुँवरको स्वागत गर्नुभएको थियो । भने जिल्ला हिरण्ड भट्टराईले मञ्चको कार्यक्रम सञ्चालन गर्नुभएको थियो । जनप्रर्दशन तथा आमसभामा एमालेका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बजारमा भएको र्यालीमा ‘असंवैधानिक सरकार राजिनामा दे, भ्रष्टाचारको अन्त्य गर, सुशासन कायम गर, नेकपा (एमाले)-जिन्दावाद जस्ता नाराबाजी गरिएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!